03:54:25 pm 07-Dec-2021

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

युवा पोस्ट, मंसिर ६,२०७८,
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो राउन्डको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार हुने पहिलो खेलमा विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब आमने सामने हुँदैछन् । यी दुईबीचको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । खेल दिउँसो ४ः४५ बजेपछि हुनेछ । यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भए । ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो भने मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १ –० गोलले हराएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]