03:18:37 pm 07-Dec-2021

राउटे समुदाय नै लोप हुन सक्ने सम्भावना


राउटे समुदाय नै लोप हुन सक्ने सम्भावना

युवा पोस्ट, मंसिर ७,२०७८,
पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।गत एक वर्षको अविधमा छ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको छ । अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको हो । मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा बढ्दै गएको छ । अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर आफ्ना जनताले पनि मदिरा पिउन सिकेको राउटे मुखियाहरू दाबी गर्छन्। बजारमा पाइने विभिन्न खाले रक्सीका साथै लोकल रक्सी चार–पाँच वर्षदेखि अत्यधिक रूपमा खान थालेको र जति प्रयास गर्दा पनि आफ्ना जनतालाई मदिरा पिउनबाट रोक्न नसकेको राउटेका एक पूर्वमुखिया मिनबहादुर शाही गुनासो गर्छन्। अहिले १४० जनाको सङ्ख्यामा रहेका राउटे समुदाय हातमा पैसा पर्नासाथ मदिरा पिइहाल्ने बानी परेका र राउटेहरूलाई त्यस्तो कुलतबाट समयमै मुक्त गर्न नसके यो समुदायको अस्तित्व नै नरहने खतरा बढेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]