02:10:15 pm 07-Dec-2021

नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बिच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता


नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बिच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

युवा पोस्ट, मंसिर ९,२०७८,

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वबिद्यालय बीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो रु. १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहां कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । मिति २०७८ मंसिर ८ गते त्रिभुवन विश्वबिद्यालय किर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको थियो। त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा.डा.धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख श्री कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत श्री लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल, रजिष्टार प्रा.डा.पेसल दाहाल,नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख श्री निर्मलकृष्ण पाण्डे,मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेलका साथैबैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक श्री ज्ञान राज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा.डा.श्री धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वबिद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रसंसा गर्दै नेपाल बैकलाइ धन्यबाद दिनुभएको थियो । यो सेवाग्राहि कर्जाको सम्झौताबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक÷शिक्षक तथा कर्मचारीहरुले बढी भन्दा बढी लाभ लिन सक्ने विश्वास ब्यक्त गर्दै भविष्यमा दुवै पक्षले अधिकतम लाभ लिन सक्ने थप नयां–नयां कार्यक्रमहरु अगाडि बढाउन अनुरोध समेत गर्नु भएको थियो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले देशका दुइ वटा जेठा संस्थाहरुवीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वबिद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल बैंकले प्रदान गर्ने सेवामा थप सहजता ल्याइ अझै उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्घता पनि उहांले व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रजिष्टार प्रा.डा.पेशल दाहालले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयको सम्बन्ध र सहकार्यको वारेमा चर्चा गर्नुभएको थियो भने नेपाल बैंक रिटेल कर्जा बिभाग प्रमुख श्री निर्मलकृष्ण पाण्डे, त्रिभुवन विश्वबिद्यालय आर्थिक महाशाखा प्रमुख श्री कुमार हुमागाई लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]