08:13:24 am 18-Jan-2022

भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त


भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

युवा पोस्ट, मंसिर २२ ,२०७८,
रभारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत यात्रारत एउटा हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा १४ यात्रु रहेको र त्यसका रावतको परिवार पनि रहेको बताइएको छ।सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ।समाचारसंस्था पीटीआई र सरकारी टिभी दूरदर्शनको डीडी न्यूजका अनुसार अहिलेसम्म चार जनाको शव वरामद भएको र तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।जेनरल रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन।भारतीय वायु सेनाको एमआई -१७ भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]