05:21:39 pm 24-Jan-2022

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु


भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

युवा पोस्ट, मंसिर २३ ,२०७८,
भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । १४ जना भारतीय सेनाका वरिष्ठ अधिकारी सवार हेलिकोप्टर हिजो तमिलनाडुको कुन्नुरको घना जंगलमा दुर्घटना भएको थियो। भारतीय वायु सेनाको एमआइ-१७भी ५ को डबल इन्जिन रहेको हेलिकप्टर दुर्घटना भएको थियो। हिजो भएको दुर्घटनामा रावतसहित उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ ।

रावत आफ्नी पत्नीका साथ वेलिंगटनमा आयोजित एक कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमार्फत सवार हुँदै थिए । सो कार्यक्रममा रावतले वक्तव्य दिने कार्यसूची थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]