04:22:45 pm 24-Jan-2022

फाइजरको बूस्टर मात्राले ओमिक्रोन विरुद्ध प्रभावकारिता देखाउने फाइजरको दाबी


फाइजरको बूस्टर मात्राले ओमिक्रोन विरुद्ध प्रभावकारिता देखाउने  फाइजरको दाबी

युवा पोस्ट, मंसिर २३ ,२०७८,
फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दाबी गरेको छ। बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोन विरुद्ध सुरक्षा बढाउने जनाएका छन् । फाइजरले ओमिक्रोन लक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो।
अन्य भेरिअन्ट विरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]