07:28:31 am 18-Jan-2022

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरु लाई दराजको १२.१२ योजनामा रु.२,००० सम्मको छुट


बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरु लाई दराजको १२.१२ योजनामा रु.२,००० सम्मको छुट

युवा पोस्ट, मंसिर २४ ,२०७८,

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको १२.१२ योजनामा रु. २,००० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. २,००० सम्मको विशेष छुटको योजना ल्याएको हो । जस अन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम रु २,००० सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु. १,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु.२,००० सम्म छुटको पाउनेछन् । यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. २,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]