06:54:46 am 18-Jan-2022

कांग्रेस सभापति निर्वाचनको दोश्रो चरण आजै,शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा


कांग्रेस सभापति निर्वाचनको दोश्रो चरण आजै,शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा

युवा पोस्ट, मंसिर २८ ,२०७८,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका देउवा र कोइराला पुनः चुनावी मैदानमा उत्रिनुपर्ने भएको हो।प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने यो दौडबाट बाहिरिएका छन्। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्।दोस्रो चरणको निर्वाचनका लागि आजै साढे ३ बजेदेखि साढे ७ बजेसम्म मतदान हुनेछ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]