04:20:12 pm 24-Jan-2022

मनकामना केबुलकार ४ दिनको लागि बन्द


मनकामना केबुलकार ४ दिनको लागि बन्द

युवा पोस्ट, पौष १ ,२०७८,

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएकोछ।जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने छ।मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत हुनेछ। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयरपार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ ।चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]