07:29:06 am 18-Jan-2022

स्पेनिस ला लिगामा बार्सिलोनाको रोमाञ्चक जित


स्पेनिस ला लिगामा बार्सिलोनाको रोमाञ्चक जित

युवा पोस्ट, पौष ४ ,२०७८,

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । बैकल्पिक खेलाडी निको गोन्जालेजले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले शनिबार राती स्पेनिस ला लिगामा इल्चेलाई ३–२ ले हराएको हो । निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाएका थिए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए ।जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित सातौँ स्थानमा छ । इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]