02:03:29 am 27-Jan-2022

ग्रीस : शरणार्थीले भरिएको डुङ्गा एजियन सागरमा पल्टिँदा १६ जनाको मृत्यु


ग्रीस : शरणार्थीले भरिएको डुङ्गा एजियन सागरमा पल्टिँदा १६ जनाको मृत्यु

युवा पोस्ट, पौष ११ ,२०७८,

शुक्रबार राति एजियन सागरमा शरणार्थी डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ग्रीसको पूर्वी एजियन टापुहरूमा वर्षौंदेखि शरणार्थी संकटसँग जुधिरहेको अवस्थामा तस्करहरूले टर्कीबाट इटाली जाने बाटो रोजिरहेका हुन्छन् , जुन निकै खतरनाक हुन्छ । कोस्ट गार्डले मध्य एजियनको पारोस टापुबाट करिब आठ किलोमिटर टाढा डुङ्गा पल्टिएपछि ६२ जनाको उद्धार गरिएको जनाएको छ । अधिकारीहरूका अनुसार कोस्ट गार्डका पाँच डुङ्गा, नौ निजी जहाजहरू, एक हेलिकप्टर, एक सैन्य विमान र तटरक्षक पनडुब्बीहरुले रातभरि उद्धार कार्यमा भाग लिएका थिए । यसअघि बिहीबार एथेन्सबाट २३५ किलोमिटर दक्षिणमा एन्टिकिथेरा टापु नजिकै रहेको चट्टानी टापुमा डुङ्गा ठोक्किँदा ११ जनाको मृत्यु भएको भएको थियो।
दुर्घटनाबाट बचेकाहरूका अनुसार जहाजमा करिब ८० जना मानिस थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]