08:16:58 am 18-Jan-2022

म्यानमारको काया प्रान्तमा सेनाद्धारा ३० जनाभन्दा बढीको हत्या


म्यानमारको काया प्रान्तमा सेनाद्धारा ३० जनाभन्दा बढीको हत्या

युवा पोस्ट, पौष ११ ,२०७८,
म्यानमारको प्रकोपग्रस्त काया प्रान्तमा शुक्रबार महिला र बालबालिकासहित ३० जनाभन्दा बढीको ज्यान गएको छ र उनीहरूको शव जलाइएको छ । स्थानीय बासिन्दा, मानवअधिकार समूह र सञ्चारमाध्यमबाट यो जानकारी आएको हो । कारेनी मानव अधिकार समूहले प्रुसो सहर नजिकैको गाउँमा सेनाले मारेका आन्तरिक विस्थापित व्यक्तिहरूको जलेको शव फेला पारेको बताएको छ।
उक्त समूहले आफ्नो फेसबुक पोस्टमा ३० जनाभन्दा बढी मारिनेमा वृद्ध, महिला र बालबालिका समेत रहेको बताएको छ । देशको सरकारी मिडियाले म्यानमारको सेनालाई उद्धृत गर्दै त्यस गाउँमा सेनाले विपक्षी सशस्त्र बलहरूसँग भिडन्त भएको बताएको छ।
सो क्रममा हतियार लिएर आएका आतंककारीलाई सेनाले गोली हानेको थियो । सरकारी मिडियाका अनुसार सातवटा गाडीमा सवार ती मानिसहरुलाई सेनाले रोक्दा नरोकिएपछि गोली हानेको बताएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]