07:57:56 am 18-Jan-2022

युक्रेन-रुस विवाद: अमेरिकी एनएसएले गर्यो पोल्याण्डका सुरक्षा प्रमुख र अन्तर्राष्ट्रिय नीति ब्यूरो प्रमुखसँग वार्ता,


युक्रेन-रुस विवाद: अमेरिकी एनएसएले गर्यो पोल्याण्डका सुरक्षा प्रमुख र अन्तर्राष्ट्रिय नीति ब्यूरो प्रमुखसँग वार्ता,

युवा पोस्ट,पौष १३, २०७८

युक्रेनसँगको बढ्दो तनावका बीच रुसको अडान जति आक्रामक बन्दै गएको छ, त्यति नै अमेरिकाको चिन्ता पनि बढिरहेको छ । रुसले युक्रेनको सिमानामा आफ्नो सैन्य गतिविधि तिब्र बनाएपछि अमेरिकाले रुसलाई रोक्नको लागि सक्दो प्रयास गरिरहेको छ । ह्वाइट हाउसका एनएसए ज्याक सुलिवानले पोल्याण्डको सुरक्षा ब्यूरोका प्रमुख पावेल सोलोच र अन्तर्राष्ट्रिय नीति ब्यूरोका प्रमुख जाकोब कुमोचसँग कुरा गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार युक्रेनसँगको सीमामा रुसी गतिविधिबारे तीन अधिकारीबीच विचार आदानप्रदान भएको थियो भने अमेरिकाले पनि त्यसलाई रोक्न मित्र राष्ट्रहरूको एकतामा जोड दिएको थियो ।
ब्लिन्केनले रूसलाई दिए चेतावनी
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुस र युक्रेनबीचको विवाद गहिरिँदै गएको बेला रुसलाई चेतावनी दिएका छन् । ब्लिन्केनले नाटो, युरोपेली युनियन र जी-७ देशहरूले रुसले युक्रेनविरुद्ध थप आक्रामक कारबाही गरे त्यसको नतिजा फराकिलो हुने कुरा स्पष्ट पारेको बताए।
रुसले दियो कडा जवाफ
एन्टोनी ब्लिन्केनको भनाइप्रति रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई लिएर अमेरिकासँगको गतिरोधमा आफ्नो देशमा पछि हट्ने ठाउँ नरहेको र युक्रेनले पश्चिममा आफ्नो (आक्रामक रेखा) नछोड्दा उनीहरू कडा प्रतिक्रिया दिन बाध्य हुने र यो सबै लापरवाहीले हेरिरहनेछौं भन्ने उनीहरूलाई लाग्छ भने त्यो गलत रहेको पनि भनेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]