04:50:53 pm 24-Jan-2022

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा चिसो बढ्यो


पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा  चिसो बढ्यो

युवा पोस्ट,पौष १३, २०७८ ,
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै मङ्गलवारदेखि नेपालका अधिकांश स्थानमा चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ। यो क्रम आज मङ्गलवार र भोलि बुधवार यत्तिकै रहने देखिएको छ। यसले गर्दा उच्च हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहन्छ र उच्च पहाडी अनि पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्य सम्भावना रहेको छ, महाशाखामा कार्यरत वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]