07:22:11 am 18-Jan-2022

मकर संक्रान्तिमा बनिरहेको छ विशेष संयोग, जान्नुहोस् यस दिनको महत्व


मकर संक्रान्तिमा बनिरहेको छ विशेष संयोग, जान्नुहोस् यस दिनको महत्व

युवा पोस्ट,पौष २०, २०७८, मंगलबार,
मकर संक्रान्ति हिन्दु धर्ममा भगवान सूर्यको पूजा गर्ने सबैभन्दा ठूलो पर्व हो । ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन भन्ने मान्यता रहेको छ । यस दिन पनि सूर्य उत्तरायणमा जान्छन् । जसका कारण चिसो मौसमको अन्त्य भई दिन लम्बिन थाल्छ । यस वर्ष मकर संक्रान्तिमा केही विशेष संयोग बनिरहेको छ । आउनुहोस् जानौं यसको बारेमा:
मकर संक्रान्तिको विशेष संयोग –
यसपटक रोहिणी नक्षत्रमा मकर संक्रान्ति सुरु हुँदैछ । जुन बेलुका ८:१८ बजेसम्म रहनेछ । यो नक्षत्र शुभ मानिन्छ। यस नक्षत्रमा स्नान र पूजा दान गर्नु शुभ मानिन्छ। यसका साथसाथै त्यो दिन ब्रह्मयोग र आनन्दादि योगको पनि गठन भएको हुनाले यसलाई अनन्त फलदायी मानिन्छ ।
मकर संक्रान्तिको महत्व –

हिन्दु धर्ममा मकर संक्रान्ति वा उत्तरायणको विशेष महत्व छ। यस दिन पवित्र नदीहरू विशेष गरी गंगा-यमुना र तिनीहरूको प्रयागराजमा संगममा स्नान गर्नुलाई मोक्षको रूपमा लिइन्छ। यस दिन गंगा सागरको किनारमा मेला पनि लाग्ने गर्दछ । मकर संक्रान्तिको दिन तिल–गुड़ र चामलको खिचडी खाई दान गर्ने चलन छ । मकर संक्रान्तिमा सूर्य भगवानको पूजा गरिन्छ । जसले सबै रोग र दोषबाट मुक्ति दिन्छ।
यस दिनको धार्मीक र पौराणीक मान्यताका वारेमा चर्चा गर्दा , महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभुमीमा अर्जुनका धनुवाणहरुले सर्वत्र छेडेका भिष्म पितामहले मकर संक्रन्तिकै दिन मृत्यूको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]