06:24:42 am 18-Jan-2022

चीनले फेरी दियो ताइवानलाई धम्की


चीनले फेरी दियो  ताइवानलाई धम्की

युवा पोस्ट,पौष २०,२०७८,मंगलबार,

चिनियाँ लडाकु विमानले सोमबार फेरि ताइवानमा घुसपैठ गरेको छ । मिडिया रिपोर्टका अनुसार चीनले यसअघि ताइवानको एयर डिफेन्स जोनमा लडाकु विमान पठाएको थियो । पठाएको केही समयपछि फेरि घुसपैठ भयो । यद्यपी, ताइवानको वायुसेना पनि यस अवधिमा अलर्ट थियो । ताइवान समाचार वेबसाइटका अनुसार, यसले चिनियाँ लडाकु विमानहरूसँग सामना गर्न आफ्नो वायु रक्षा मिसाइल प्रणाली सक्रिय गरेको छ । डिसेम्बरदेखि हालसम्म ८३ चिनियाँ विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । जसमा ४६ फाइटर जेट, २ बमवर्षक र ३५ स्पटर एयरक्राफ्ट छन् । अमेरिकाले हालै एक विज्ञप्ति जारी गर्दै चीनले ताइवानमाथि आक्रमण गर्ने प्रयास गरेमा अमेरिका र नाटोले सहयोग गर्न ढिलाइ नगर्ने स्पष्ट पारेको थियो । यसको जवाफमा चीनले भन्यो– बाइडेन प्रशासनलाई हाम्रो एउटै सल्लाह भनेको आगोसँग खेल्ने प्रयास नगर्नु हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]