04:39:16 pm 24-Jan-2022

रातिको खानामा यि बानी सुधार गर्नुहोस्


रातिको खानामा यि बानी सुधार गर्नुहोस्

युवा पोस्ट,पौष २१ , २०७८, बुधबार,

अधिकाशं नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढि ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरुले बिहान हल्का खाने र बेलुका विशेष परिकार, मिठो मसिनो, र माछा मासु सहितका परिकार खाने गर्दछन् । तर बेलुका खानामा केहि कुरा छन् ,जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।

– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।
– रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।
– राति ढिलो खाना खादाँ एसिडिटी बढ्ने, पेट भारी हुन् र अपच हुने समस्या हुन सक्छ ।
– ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिर्गन सक्छ ।
– रातिको मसला हालेको खानेकुरा खानु हुदैँन ।
– यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।
– खाना खाने क्रममा वा खाना खाएलगत्तै पानी पिउनु हुदैँन ।
– खाना खाएको आधा घन्टापछि मात्र पानी पिउनु पर्दछ ।
– खाना खाए लगत्तै पानी पिउँदा पाचनप्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।
– खाना खाएको दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
– खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।
– थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।
– राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादाँ पनि हुन्छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]