04:04:17 pm 24-Jan-2022

हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु


हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु

युवा पोस्ट,पौष २५,२०७८,आइतबार,

उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको जानकारी प्राप्त भएको छ । २२ वटा शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ।अधिकांश मृतकहरू हिउँमा फसेका चारवटा गाडीमा थिए। ज्यान गुमाउनेमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना छन्।
मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका थिए।सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ। सेनाले ५०० जना जतिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको बताएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]