04:44:49 pm 24-Jan-2022

न्यूयोर्क को अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ को मृत्यु


न्यूयोर्क को अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ को मृत्यु

युवा पोस्ट,पौष २६,२०७८,सोमबार,
अमेरिकाको न्यूयोर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी हुँदा ९ बालबालिका सहित कम्तीमा १९ जनाको ज्यान गएको छ ।३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था जटिल रहेको तथा अन्य ६३ जना मानिसहरू घाइते भएका बताइएको छ। आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् । विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ। अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]