06:11:48 am 18-Jan-2022

जित हासिल गर्न चाहनुहुन्छ भने अरुको क्रोध शान्त पार्नुस्


जित हासिल गर्न चाहनुहुन्छ भने अरुको क्रोध शान्त पार्नुस्

युवा पोस्ट,पौष २७,२०७८,मंगलबार,
तपाईंको कारणले दोस्रो व्यक्ति चिढिने अवस्था देखा पर्न सक्छ । नियमले खेलाडि बनेपछि तपाईं उसको आँखाको काँडा बन्न सक्नुहुन्छ । स्मार्ट व्यक्तिलाई कसैले पनि मन पराउँदैन । तपाईं पनि यस्तो मानिन सक्नुहुन्छ । उसले तपाईंलाइ आक्रमण गर्न सक्छ । अब तपाईंले उसको क्रोध कसरी शान्त पार्नुहुन्छ ?
पहिले त तपाईंले क्रोधको किसिम थाहा पाउनुपर्ने हुन्छ । यी दुई प्रकारका हुन्छन् :
– जायज क्रोध
– रणनीतिक क्रोध
यदि तपाईंको ध्यान अन्यत्र गएको बेलामा तपाईंले आफ्नो गाडीको पाङ्ग्रा दोस्रोको खुट्टामाथि चढाइदिनुभयो भने ऊ क्रोधित हुनु स्वाभाविक र जायज छ । यस स्थितिमा तपाईं के गर्नुहुन्छ ? तपाईं कारबाट बाहिर निक्लिनुहुन्छ तथा माफी माग्नुहुन्छ । उसको जायज क्रोधलाई स्वीकार गर्नुहुन्छ । तपाईंले जे गल्ती गर्नुभयो त्यसको बारेमा सुन्नुहोस् । पुनः माफी माग्नुहोस् तथा समस्याको समाधान खोज्नुहोस् ।
वास्तवमा रणनीतिक क्रोध विल्कुल फरक मामिला हो । रणनीतिक क्रोधको प्रयोग तपाईंलाई यस्तो काम गराउनको लागि गरिन्छ, जसलाई तपाईंले गर्न चाहनुहुन्न । व्यक्ति तपाईंमा दबाब दिनको लागि क्रोधित हुन्छ । यदि तपाईं दबाबमा आउनुभयो भने उसले तपाईं तथा दोस्रो अगाडि पनि यसो गर्न सक्छ । तपाईंले यो कार्यलाई तुरुन्त रोक्नुपर्छ । यसको लागि तपाईंले भन्न सक्नुहुन्छ ‘मलाई कसैले कराएको, धम्की दिएको, दबाएको, आदि ठीक लाग्दैन । अतः यदि तपाईं शान्त हुनुहुन्न, यसलाई बन्द गर्नुहुन्न तथा आफ्नो मुक्कालाई तल झार्नुहुन्न भने म बाहिर जानेछु ।
यदि उसले यसपछि पनि मान्दैन भने बस तपाईं त्यहाँबाट जानुहोस् । यदि तपाईंले केही नभन्नुहोस्, बस कोठाबाट बाहिर निक्लिनुहोस् । यदि तपाईंले पटकपटक यसो गर्नुभयो भने उसलाई तपाईंको सन्देश प्राप्त हुनेछ ।
साभार : ‘तपाईंको जीत’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]