04:35:59 pm 24-Jan-2022

कुन मौसममा के खाने ?


कुन मौसममा के खाने ?

युवा पोस्ट,पौष ३०,२०७८,शुक्रबार,

– हामीले मौसमअनुसार खानपानमा विशेष ध्यान दिनुपर्छ । गर्मी मौसममा भोक कम लाग्छ । बढी मात्रामा पेयपदार्थ पिउन मन लाग्छ । यदि खानेकुराहरुभन्दा पेयपदार्थ बढी लियौँ भने हामीलाई अल्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण हामीले तरलपदार्थको साथमा केही हल्का खानेकुरा पनि लिनुपर्दछ ।
– गर्मी मौसममा पेटभरि खाना खाँदा पचाउन गाह्रो हुने हुँदा हल्का र कम क्लोरिनयुक्त खाना खाने गर्नुपर्दछ । भिटामिन ए, के र सी युक्त खाना खानुपर्छ । जसले आँखा सफा राख्छ साथै खाना पचाउनमा मद्दत गर्छ । दैनिक १०–१५ गिलास पानी पिउनुपर्छ । यो मौसममा मधुमेहका विरामीहरुले मेथी, अमला, सलाद, काँचो करेलाको रस नियमित सेवन गर्नुपर्छ ।
– वर्षा ऋतु (मौसम) मा हल्का र छिट्टै पच्ने खाना खानुपर्छ । यो मौसममा खानपानमा विशेष ध्यान नदिए स्वास्थ्य बिग्रन्छ, फलस्वरुप अपच, अजीर्ण, कब्जियत आदि रोगले समात्ने सम्भावना हुन्छ । यो मौसममा लसुन, कागती मिश्रित खानेकुरा लाभदायक मानिन्छ । खाना खानुअघि एक गिलास पानीमा थोरै कागतीको रस र चिनी मिसाएर पिए लाभ हुन्छ । तर, भोजनसँगै पानी भने लिनु हुँदैन । साउन महिनामा सागसब्जी दुध नखानु नै बेस हुन्छ । किनकि, यो मौसममा ठेउला, घमौरा, टाइफाइड, पित्त ज्वरो, कब्जियत, हैजाजस्ता रोग फैलन सक्छन् । त्यसैले बासी सडेगलेका खानाबाट पनि टाढै बस्नु राम्रो मानिन्छ ।
साभार : ‘ योगाभ्यास तथा घरेलु उपचार विधि ’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]