03:04:40 pm 21-Sep-2021

एनएमबी बैंकले ल्यायो डिजिटल कर्जा सेवा २.०


एनएमबी बैंकले एनएमबी सापटी २.० आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । बैंकले सो सेवा आफ्नो खुद्रा ऋणी ग्राहकको लागि ल्याएको तथा वर्तमान परिवेशलाई ध्यानमा राखेर यस्तो सेवा सुरु गरिएको बैंकले बताएको छ । उक्त सुविधा लिन बैंकमा नआई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिनेछ । यो कर्जा हप्तामा सातै दिन सञ्चालन गरिने बैंकले जानकारी दिएको छ। यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले बताएको छ । एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाखसम्म तुरुन्त कर्जा उपलब्ध गराइने बताइएको छ । ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]