07:24:29 pm 20-Oct-2021

पुतलीसडकमा जुत्ताचप्पल साट्ने मेला, पुराना जुत्ताको ५ सय मूल्याङ्कन, नयाँमा २५ प्रतिशत छुट


पुतलीसडकमा जुत्ताचप्पल साट्ने मेला, पुराना जुत्ताको ५ सय मूल्याङ्कन, नयाँमा २५ प्रतिशत छुट

तपाईँ दशैंमा नयाँ जुत्ता किन्न चाहनु हुन्छ ? तपाइँसँग यसअघि भएका जुत्ता पुराना भएर थन्किएका छन् ? राजधानीको पुतलीसडास्थित पद्मोदय मोडमा पुराना जुत्तासँग नयाँ साट्ने एक्स्चेन्ज मेला सुरु भएको छ । पुतलीसडकबाट भृकुटीमण्डपतिर आउँदाको पदमोडदय स्कुलअगाडिको मोडमा सुरु भएको मेलामा पुरना जुत्ता ल्याएर नयाँ लैजाँदा पुराना जस्तोसुकै जुत्ताको ५ सय रुपैया पाइने मेलाका आयोजक प्रमोद महत्तोले जानकारी दिए ।
त्यसबाहेक नयाँ जुत्ता लिँदा उपभोक्ताले २५ प्रतिशत छुटसमेत पाउने छन् । छुटपछिको मूल्यमा उपभोक्ताले पुराना जुत्ताको ५ सय रुपैयाँ घटाउन पाउने छन् । मेलामा उपलब्ध हरेक जुत्तामा मेला आयोजकले ग्यारेन्टी समेत दिएका छन् । मेलामा दुई हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा हेर्न आएका चावहिलका रमेश श्रेष्ठले लगाएर आएको जुत्तासँग नयाँ साटे । फ्याँक्नु पर्ने अबस्थामा पुगेको जुत्ता साट्दा ५ सय रुपैयाँ पाएको उनले बताए । नयाँ जुत्तामा २५ प्रतिशत छुट पनि पाएँ, उनले भने, त्यसमा पुरनो जुत्ताले समेत मोल पायो । दोहोरोे फाइदा हुने रहेछ ।
मेलामा एक्स्चेन्ज अफर दशैं तिहारलाई लक्षित गरेर सुरु गरिएको उनले बताए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]