11:00:44 pm 16-Sep-2019

पौडेलको अग्निदहन उपन्यास बजारमा


पौडेलको अग्निदहन उपन्यास बजारमा

काठमाडौं-विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन उपन्यासको शनिवार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उपन्यासको विमोचन गरिन् । लोकार्पणमा कार्कीलाई साथ दिँदै अन्य विशिष्ट व्यक्तिसँगै लेखक लोकमणि पौडेलले पनि पुस्तकको लोकार्पण गरेका थिए ।
कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले गरेका थिए । गोरखा पब्लिकेशन्सका सल्लाहकार वरिष्ठ इञ्जिनियर रामबाबु शर्माले स्वागत मन्तव्य दिँदै उपन्यासका बारेमा संक्षिप्त प्रकाश पारेका थिए ।
लोकार्पण पश्चात् वरिष्ठ साहित्यकारहरुले उक्त उपन्यासका बारेमा समालोचना प्रस्तुत गरेका थिए । उपन्यासका बारेमा आफ्नो धारणा राख्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कृति मनोरञ्जक हुनुसँगै उद्देश्यपूर्ण भएकाले यसलाई स्कूल तथा कलेजले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । समाजमा घटिरहेका घटनाहरुलाई जस्ताको तस्तै उतार्न सक्ने लेखकको खूबीको उनले खुलेर प्रशंसा गरे ।
उपन्यासका बारेमा बोल्दै वरिष्ठ साहित्यकार, समालोचक तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेललेयसले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको हुँदाहुँदै पनि उपन्यास पढ्दा समय गएको पत्तै नपाइनु यसको मुख्य विशेषता रहेको बताए । उपन्यासको भाषा सरल हुनुसँगै लोकबोलीलाई यथारुपमा पस्कनु उपन्यासको विशेषता रहेको उनको धारणा थियो ।
पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट आँफू धेरै वर्षदेखि निकै प्रभावित भएको बताउँदै यो उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा यो एउटा कोशे ढुंगो सावित हुने दावी गरे ।
लेखक लोकमणि पौडेलले आफूले यो उपन्यास समाजमा घटिरहेका घटनाहरुको नजीकबाट अध्ययन गरेर मात्रै लेखेको बताउँदै उपन्यास पूरा गर्न पाँच वर्ष लागेको बताए । उनका अनुसार उपन्यासमा वर्णन गरिएका घटनाहरु सत्य हुँदाहुँदै पनि पात्रहरुको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपुर्याउने चेष्टा गरिएको छ । उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएकाले यो उपन्यास आरम्भ गरेर सिध्याउन पाँच वर्ष लागेको कुरा लेखक पौडेलले जानकारी दिए । उपन्यास पाण्डुलिपि अवस्थामै हुँदा यसलाई मन पराएर एउटा सामाजिक संस्थाले त्यसैमा चलचित्र तयार गरेको र त्यो चलचित्रलाई चलचित्र विकास बोर्डले २०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्रदान गरेको कुराले आँफू उत्साहित भएको लेखकले बताए ।
जम्मा १७६ पृष्ठको उक्त उपन्यासको मूल्य ३ सय २५ रुपैयाँ छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]