02:15:49 pm 21-Sep-2021

भृकुटीमण्डपको सुज ग्यालरीमा दशैंतिहार अफरः जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट


भृकुटीमण्डपको सुज ग्यालरीमा दशैंतिहार अफरः जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट

भृकुटी मण्डपस्थित सुज ग्यालरीले दशैतिहार र छठ पर्वलाई लक्षित गरी चाडपर्व सेल अफर सुरु गरेको छ । यस अबसरमा सुज ग्यालरीले विभिन्न ब्राण्डका जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । नेपाली उत्पादनको प्रबर्धन गर्न सुज ग्यालरी स्थापना गरिएको हो । ग्यालरीमा बिएफ डियर हिल, कोशेली, रन, रोयल र क्रसरोड ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । ग्यालरीमा सम्मिलत जुत्ताचप्पल उत्पादक नेपालका चर्चित ब्राण्ड हुन् । ग्यालरीलाई यतिखेर आकर्षक स्वरुपमा सजाइएको छ ।
ग्यालरीले चाडपर्वको अबसरमा ५०० रुपैयाँमै २ जोडी चप्पल उपलब्ध गराउने भएको छ । ग्यालरीमा ५०० देखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध हुने छन् । सुज ग्यालरीमा
विएफ डियर हिल सुजले आफ्नो जुत्ता उत्पादनको २१ बर्ष पूरा गरेकोे अबसरमा नयाँ लोगोसहित नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको छ । यसै अबसरमा कम्पनीले सुज ग्यालरीमार्फत १५ प्रतिशत छुटमा जुत्ता उपलब्ध गराउने बिएफ डियर हिल सुजका संचालक होमनाथ उपाध्यायले जानकारी दिए ।
भृकुटीमण्डपमा रिपोर्टर्स क्लवअगाडि सुज ग्यालरी रहेको छ । ग्यालरीमा पार्टी, क्याजुअल, स्पोर्टस, युनिफर्म जुत्ता तथा पुरुष महिलाका लागि चप्पल गरी १००० भन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् । सुज ग्यालरीले विवाहको सिजन र स्कुलको नयाँ शैक्षिकसत्रलाई समेत लक्षित गरेर जुत्ताहरु उपलब्ध गराउने भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]