01:06:46 pm 26-May-2020

अरुण ३ मा जुट्यो लगानी, नेपाल र भारतका ७ बैंकले १ खर्ब लगानी गर्ने


अरुण ३ मा जुट्यो लगानी, नेपाल र भारतका ७ बैंकले १ खर्ब लगानी गर्ने

काठमाडौं-अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना अरुण तेस्रोमा लगानी जुटेको छ । संखुवासभाको अरुण नदिमा बन्ने ९०० मेगावट क्षमताको ७ बैंकहरुले १ खर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका हुन । उक्त परियोजनामा लगानी गर्नेसम्बन्धी सम्झौतामा नेपाल र भारतका विभिन्न ७ बैंकले लगानी गर्ने सम्झौता गरेका छन्।

Ad

विद्युत आयोजनामा नेपालका नविल बैंक र एभरेष्ट बैंकले १५ अर्ब रुपैयाँ लगानी गर्ने छन् । त्यस्तै भारतका एसबीआई बैंक, पञ्जाब नेसनल बैंक, क्यानरा बैंक, युनियन बैंक अफ इन्डिया र एक्जिम बैंकले ८५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । उक्त ऋणमा नेपालका बैंकले ब्याजदर ८.८ प्रतिशत र भारतीय बैंकले ८.२ प्रतिशतमा लगानी गर्ने छन् ।
अहिलेसम्म आयोजनाको निर्माण झण्डै ३० प्रतिशत पूरा भइसकेको छ । आयोजनाको कुल लागत १ खर्ब १५ अर्ब रुपैयाँ हुने अनुमान छ। उक्त आयोजना ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानीमा बन्न लागेको हो। आयोजनाको निर्माण एसजेभिएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले गरिरहेको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]