09:10:36 am 17-Feb-2020

बीरगंजकाे सस्ताे जुत्ताचप्पल मेलामा रक्साैलका ग्राहककाे भिड


बीरगंजकाे सस्ताे जुत्ताचप्पल मेलामा रक्साैलका ग्राहककाे भिड

वीरगंज-नेपाली जुत्ताघरले भारतीय ग्राहकलाई लक्षित गरी वीरगंजको घण्टाघरस्थित मधेसी सहिद पार्कमा गरिरहेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा भारतीय उपभोक्ताको उत्साहजनक भिड लागेको छ ।
भारतीय सीमावर्ती रक्सौल क्षेत्रबाट ग्राहकहरु निकै आइरहेको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । ‘हामीले मेलामा भारतीय बजारको भन्दा निकै सस्तोमा जुत्ताचप्पल उपलब्ध गराएका छौं,’ उपाध्यायले भने, ‘नेपाली जुत्ताचप्पल गुणस्तरीय र टिकाउ हुने भएकाले सीमापारीका उपभोक्ताको मेलामा भिड नै लागेको छ ।’ मेलामा नेपालका प्रतिष्ठित शिखर, रन, बिएफ डियर हिल, सु ल्यान्ड, कोसेली, क्रस रोड गरी ७ विभिन्न कम्पनीका १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल बिक्रीका लागि राखिएका छन् । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले जनाएको छ ।
वीरगन्जमा चलिरहेकोे प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा ५० लाखको कारोवर भएको जनाइएको छ ।
माघ ९ गतेदेखि वीरगन्जमा सुरु भएको जुत्ता चपल व्यापार मेला ७० हजारभन्दा वढिले अबलोकन गरेका छन् । यस अबधिमा ५० लाख मुल्य बराबरको जुत्ताचप्पल बिक्रि भएको छ । मेलामा नेपालको सीमावर्ती क्षेत्रका साथै बारा, पर्सा र रौतहटका ग्राहक पनि सस्तोमा जुत्ताचप्पल किन्न आइरहेका छन् । यस अबधिमा १३ हजार जोर जुता चपल बिक्रि भएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।
मेलामा भारतीय रुपैयाँमै कारोबार भइरहेको छ । दैनिक ३० देखि ४० हजार भारतीय रुपैयाँ जुता चप्पल बिक्रिबाट संकलन भइरहेको उनले बताए ।
स्वदेशी उद्योगलाई प्रवर्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकाप्चाका उपभोक्ताहरुलाई सस्तो दाममा जुत्ता चप्ल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न मेला आयोजना गरिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी गराए । जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ताचप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुन पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायतका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षणका रुपमा छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]