08:36:42 am 16-Sep-2020

बिर्यानीका पारखीलाई फ्युचर फुडले घरघरमै दिनेछ डेलिभरी


बिर्यानीका पारखीलाई फ्युचर फुडले घरघरमै दिनेछ डेलिभरी

तपाईँलाई विर्यानी कतिको मन पर्छ ? बनाउन जान्नु भएको छ ? बिर्यानी खाने मन भएर पनि तपाइँ बनाउन जान्नु हुन्न भने विर्यानी मोमेन्ट्स्मा एक कल फोन गरेर अर्डर गर्नुहोस् । तपाइँको घरमै तात्तातो विर्यानी आइपुग्छ । सपरिवार घरको किचन बन्द गरेर स्वादिस्ट विर्यानीको आनन्द लिन सक्नुहुन्छ ।
फ्युचर फुड प्राइभेट लिमिटेडले एक बर्षदेखि अर्डर अनुसार घरघरमा विर्यानी पुर्याउँदै आएको छ । कम्पनीले सुरक्षा र स्वच्छताका सबै मापदण्ड पूरा गेर विर्यानी उत्पादन गरिने दावी गरेको छ । एक बर्षअघि सुरु भएको विर्यानी मोमेन्टस् वेवमा आधारित रेस्टुरेन्ट (वेवट्राउन्ट) हो । यसले चौबिसै घण्टा गुणस्तरीय, स्वादिष्टरप्रीमियम खाना उपलब्ध गराउने दावी गरेको छ । हामी जहिल्यै राम्रो खानाको साथ राम्रो सम्झनाहरू सिर्जना गर्न सक्छौंभन्ने कुरामा विस्वास गर्दछौं, कम्पनीका अध्यक्ष कल्याण अधिकारीले भने ।

Ad

कम्पनीले आफ्ना कामदारको पन नियमित स्वास्थ्य जाँच, तरकारी तथा मासुजन्य सामाग्रीको तयारीमा विशेष प्रकृया, खाना बनीसकेपछी फुड हिड म्यापिंग र डेलिभरीमा पूर्ण सेफ्टी प्रटोकल जस्ता बिधी अपनाउने उनले बताए ।
लकडाउनका बेला बाहिर रेष्टुरेन्टमा गएर खाना खाने मौका नजुरेका बेला बिर्यानी मोमेन्टमा अर्डर गरेर विर्यानीको स्वाद लिने अबसर आएको छ । विर्यानी मोमेन्टस्ले भेज, चिकेन, मटन, फिसलगायत विभिन्न स्वादमा विर्यानी उपलब्ध गराउँछ । तपाइँ अर्डर गर्न चाहनुहुन्छ भने ०१ ५९०६१११ मा कल गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]