04:54:04 pm 29-Mar-2020

धरानमा सुरु भयो जुत्ताचप्पल मेला, ९ वटा ब्राण्डका उत्पादनमा ६० प्रतिशतसम्म छुट


धरानमा सुरु भयो जुत्ताचप्पल मेला, ९ वटा ब्राण्डका उत्पादनमा ६० प्रतिशतसम्म छुट

धरान-प्रदेश नम्बर १ को धरानस्थित चतरालाइनको छाता चोक(सोमबारे हटिया) मा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनी सुरु भएको छ ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु गोल्डस्टार, बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याण्डवाक, क्रस रोड, हाइलाइफ, कोसेली र शुल्याड गरी ९ वटा ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । धरान उद्योेग बाणिज्य संघले आयोजना गरेको मेलाको सहआयोजक नेपाल छालाजुत्ता उत्पादक संघ रहेका छ । मेलामा उपभोक्ताले ६० प्रतिशतसम्म छुट पाउने विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेलामा उपभोक्ताले विभिन्न ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।
मेलामा महिलाका लागि विशेष प्रकारका चप्पल सुल्याण्डले राखेको छ । सुल्याण्ड ब्राण्ड महिलाको जुत्ताचप्पल उत्पादनमा प्रख्यात छ ।
मेलामा स्कुले विद्यार्थीको जुत्ता र विवाहको सिजनका लागि पार्टी सुजको पनि धेरै भेराइटी उपलब्ध छ । हामीले स्कुलका विद्यार्र्थीलाइ लक्षित गरी सस्तोमा स्कुल जुत्ता मेलामा राखेका छौं, ल्याण्डवाक सुजका सौरभ श्रेष्ठले भने, विवाहका सिजन लक्षीत धेरै मोडलका पार्टी सुज पनि मेलामा छन् । प्रदेश नम्बर १ का उपभोक्तालाई लक्षित गरिएको मेला सबै प्रकारका जुत्ताचप्पल खोज्ने ग्राहकका लागि उपयुक्त गन्तब्य हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]