03:01:33 pm 18-Oct-2019

भृकुटीमण्डको ठूलो चौरमा भइरहेको जुत्ताचप्पल मेलामा थामिनसक्नु भिड

शिखर, रन, विएफ डियर हिल र शुल्याण्डका जुत्ताचप्पल सस्तोमा


<span class="entry-title-primary">भृकुटीमण्डको ठूलो चौरमा भइरहेको जुत्ताचप्पल मेलामा थामिनसक्नु भिड</span> <span class="entry-subtitle">$शिखर, रन, विएफ डियर हिल र शुल्याण्डका जुत्ताचप्पल सस्तोमा</span>

काठमाडौ-भृकुटीमण्डपको ठूलो चौरमा दशैको अवसर पारेर नेपालका ठुला जुत्ताचप्पल उत्पादकले गरिरहेको मेलामा ग्राहकहरुको थामिनसक्नु भीड बढेको छ।
मेलामा भारी छुट पाइने भएकाले उपभोक्ताहरुको चाप बढेको हो। मेलामा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइएको सहभागी रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा रन, बिएफ डियर हिल, शिखर र सुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेला १७ गते फुलपातिको दिनसम्म रहने छ।
रााजधानीको चाबहिलका सरकारी कर्मचारी रमेश घिमिरेले भृकुटी मण्डपमा झोलाभरी जुत्ता किने । उनले घरमा श्रीमती, छोराछोरी र बाबुआमालाई समेत जुत्ताचप्पल किनेको बताए । ‘बजारमा भन्दा सस्तो पाएँ,’ उनले सुनाए, ‘त्यसैले आफूलाई मात्र किन्न आएको बेला परिवारका सबैका लागि किने ।’ 
उनी जस्तै कलंकीकी रीता शर्माले पनि आफ्ना लागि ३ जोर चप्पल किनिन् । ‘बजारमा छान्दै हिँड्न पथ्र्यो,’ उनले भनिन्, ‘मेलामा किन्दा निकै सस्तो महसुस भयो । त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पथ्र्यो । त्यसैले मैले बर्षभरिका लागि किने ।’
राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलालाई मौकाको रुपमा लिएका छन् । उनीहरुले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल मेलामै किनेको बताइन् । ‘बजारमा भन्दा सस्तो पाएकाले बर्षभरिलाई पुग्ने गरी किने,’ उनले भनिन्, ‘बजार चाहारिरहनु परेन । एकै ठाउँमा सबै चर्चित ब्राण्डका जुत्ताचप्पल पाइयो ।’ 
मेलामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानन्यायाधिश शुसिला कार्की, पूर्वमन्त्री रामशरण महतलगायतले जुत्ताचप्पल किनमेल गरेका थिए ।
महिला पुरुषका विभिन्न प्रकारका नेपालमा बनेका जुत्ता चप्पल पाइने उक्त मेलामा एक सयदेखि ८ हजार रुपैयाँसम्मका जुत्ता चप्पल पाइने बि एफ डियर हिलका संचालक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेलामा सस्तोमा जुत्ता छँदेछ, धेरै थरी ब्राण्डका जुत्ता चप्पल पाइने भएकाले उपभोक्तालाई छान्ने अबसर पनि छ । सहभागी कम्पनीले विभिन्न मोडलका नयाँ जुत्ता मेलामै सार्बजनिक गरेको शिखर सुजका संचालक रामकृष्ण प्रसाइले जानकारी दिए । मेलामा पार्टी सुज, क्याजुअल सुज, स्पोर्टस सुज, क्वाटर बुट, फुल बुट, अफिसर बुट, महिलाको जुत्ताचप्पल उपलब्ध छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]