09:18:22 am 13-May-2021

विराटनगरमा जारी जुत्ताचप्पल ओइरिए उपभोक्ता, ५० प्रतिशतसम्म छुट (भिडियोसहित)


विराटनगरमा जारी जुत्ताचप्पल ओइरिए उपभोक्ता, ५० प्रतिशतसम्म छुट (भिडियोसहित)

विराटनगर विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको छ । विराटनगरको रङगेली रोडस्थित नेपाल बङगलादेश बैंक उत्तरपट्टिको खाली संरचनामा जारी जुत्ताचप्पल व्यापार मेलाको १४ दिनसम्म एक करोडको हाराहारीमा कारोबार भएको मेला आयोजक फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

व्यापार मेलामा नेपाली जुत्ताचप्पल उत्पादक १३ कम्पनीका २० ब्राण्डका जुत्ताचप्पल राखिएका छन् । मेलामा ५ हजारभन्दा बढी जोर जुत्ताचप्पल छन् । मेलामा बिएफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक, हाईलाईफ र युनाईटेडका कम्पनीका विभिन्न मोडेलका जुत्ता चप्पल छन्

 

व्यापार मेलामा जुत्ता चप्पलहरूको खरिदमा बिशेष छुटको पनि व्यवस्था समेत गरिएको छ । १ सयदेखि १० हजारसम्मका जुत्ताचप्पलमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मेलामा दैनिकी ५ हजारभन्दा बढीले अवलोकन गर्दै आएका छन् । मेला आगामी बैसाख ५ गतेसम्म जारी रहेने मेला आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]