08:41:17 pm 16-Nov-2019

कोटेश्वरमा खुल्यो ब्युटि स्टेशन, सौन्दर्य सेवाका साथै सीप सिकाउने


कोटेश्वरमा खुल्यो ब्युटि स्टेशन, सौन्दर्य सेवाका साथै सीप सिकाउने

काठमाडौंं-सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले राजधानीकोे कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् ।

Ad

उक्त ब्युटी स्टेशनको नेपाल महिला संघकी केन्द्रिय सदस्य भद्रा भण्डारीले उद्घाटन गरिन् । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने छ । यसले सौन्दर्य कला र कपाल कलासम्बन्धी कक्षासमेत संचालन गर्ने संचालक बबिता मानन्धर कायस्थले जानकारी दिइन् । ‘हामी यहाँ आउने महिलाको सौन्दर्यसम्बन्धी सबै सेवा उपलब्ध गराउने छौं’, उनले भनिन्, ‘विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण रुपमा गर्ने छौं ।’

रिगल ब्युटी स्टेशनको संचालन यस्थ र एलिजा ठकुरी मिलेर गरेका हुन् । बजारमा सौन्दर्यसम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर ब्युटी स्टेशन संचालन गरिएको अर्की संचालक ठकुरीले बताइन् । सौन्दर्य कला र कपालको कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अबसर उपलब्ध गराउने ठकुरीले बताइन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]