03:05:47 pm 18-Oct-2019

भृकुटीमण्डपकाे ठूलाे चाैरमा जुत्ताचप्पलकाे दशैं मेला, ७५ प्रतिशतसम्म छुट


भृकुटीमण्डपकाे ठूलाे चाैरमा जुत्ताचप्पलकाे दशैं मेला, ७५ प्रतिशतसम्म छुट

काठमाडौं-नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक ४ वटा उद्योग मिलेर सोमबारदेखि भृकुटीमण्डपको प्रदर्शनीस्थलसँगैको ठूलो चौरमा बडादशैं जुत्ताचप्पल ब्यापार मेला सुरु गरेका छन् ।
मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज र सुल्याण्डका जुत्ताचप्पल राखिएका छन् । चाडबाडलाई लक्षित गरेर आयोजना गरिएको मेलामा २ सय ५०, ५ सय, ८ सय, १ हजार र १५ सय रुपैयाँमा छानीछानी विभिन्न डिजाइनका जुत्ताचप्पल उपलब्ध गराइएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘मेलामा दशैंको किनमेल गर्ने उपभोक्तालाई १० देखि ७५ प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइरहेकाछौ,’ न्यौपानेले भने । मेला आगामी असोज १७ गतेसम्म चल्ने छ ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।
जुत्ता उत्पादक कम्पनीले दशैंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध गराइएको छ ।
जुत्ता चप्पल मेला दशैंको किनमेल गर्ने उपभोक्तालाई सस्तोमा किन्ने अभूतपूर्व मौका हुने विएफ डियर हिलका अध्यक्ष होमनाथ उपाध्यायको भनाइ छ । ‘मेलामा कुनै एउटा ब्राण्डका जुत्ताचप्पल मन नपरे पसलपसल चाहारेर खोज्दै हिँड्न पर्दैन,’ उनले भने, ‘आफूले खोजेको ब्राण्ड एकै ठाउँमा उपलब्ध छन् ।’

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]