05:51:25 am 27-Feb-2021

भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा भिडभाड, सस्तोमा जुत्ताचप्पल किन्ने अबसर छोप्दै उपभोक्ता


भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा भिडभाड, सस्तोमा जुत्ताचप्पल किन्ने अबसर छोप्दै उपभोक्ता

काठमाडौं-राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा सुरु भएको नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको मेलामा सर्बसाधारण उपभोक्ताको भिड बढ्दै गएको छ ।
फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन अफ नेपालको आयोजना भएको मेलामा मेलामा नेपालका चर्चित फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक(आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाईफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, मेलाका संयोजक कृष्णकुमार फुँयालले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध भएकाले सबैले मेलालाई जुत्ताचप्पल किनमेल गर्ने थलो बनाएका छन् ।
जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध रहेको विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने उनले बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् । मेलामा महिलाका लागि विशेष प्रकारका चप्पल सुल्याण्डले राखेको छ । हामी महिलाको चप्पल उत्पादनमा अग्रणी छौं, सुल्याण्डका संचालक सुरज बन्जाडेले भने, मेलामा हामीले महिला लक्षित दर्जनौं मोडलका चप्पल सार्बजनिक गरेका छौं । सबै उमेर समुहका महिलाले मेलामा आएपछि चप्पल मन नपरेर रित्तो हात फर्किनु पर्ने छैन ।
मेलामा स्कुले विद्यार्थीको जुत्ता र विवाहको सिजनका लागि पार्टी सुजको पनि धेरै भेराइटी उपलब्ध छ । सबै प्रकारका जुत्ताचप्पल खोज्ने ग्राहकका लागि मेला उपयुक्त गन्तब्य हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]