08:26:15 am 17-Apr-2021

अबलोकनकर्ताको चाप बढेपछि भृकुटीमण्डपको जुत्ताचप्पल मेला अबधि थप

सस्ताेमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर


<span class="entry-title-primary">अबलोकनकर्ताको चाप बढेपछि भृकुटीमण्डपको जुत्ताचप्पल मेला अबधि थप</span> <span class="entry-subtitle">$सस्ताेमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर</span>

राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल व्यापार मेलाको अवलोकनकर्ताको अधिक भिडका कारण दुई सातालाई थपिएको छ ।
सर्वसाधारणको भिड बढ्दै गएकाले मेला अवधि बढाइएको विएिफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको आकर्षक निकै बढेको छ, उनले भने, त्यसैले सबैले सुलभ मूल्यमा जुत्ताचप्पल किन्न पाउन भनेर मेलाको अवधि बढाएका छौं ।
मेलामा अहिलसम्म ४ लाखभन्दा बढीले अबलोकन गरेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएको बजारलाइ चलायनमान बनाउन आयोजना गरेको जुत्ताचप्पलको बृहत मेलामा सस्तोमा फुटवेयर किन्न पाउने भएपछि अवलोकन गर्न सर्वसाधारण ओइरिएको विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक(आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतको सहभागीता छ । एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयोजक तथा फुटवेयर मेनुफेक्चरर एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् । मेलामा उपभोक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने रोयल सुजका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए । लामो समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्रो अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय बताउँछन् । मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन्

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]