10:16:15 am 12-Dec-2019

भृकुटीमण्डपमा जारी ब्राण्डेड मेला मंसिर १६ सम्म, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर


भृकुटीमण्डपमा जारी ब्राण्डेड मेला मंसिर १६ सम्म, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर

काठमाडौं-राजधानीको भृकुटीमण्डपस्थित ठूलो चौरमा नेपाली जुत्ताघरले नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनी यही मंसिर १६ गतेसम्म मात्रै हुने भएको छ ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध रहेको मेला अब चार दिनसम्म हुनेछ ।
जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ताचप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने भएकाले मौकाको फाइदा उठाइहाल्न ग्राहकलाई हाम्रो आग्रह छ, प्रसाईँले भने ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।
जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् ।
जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको मेला अब चार दिनमात्र बाँकी छ, बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले भने, यस्तो मौका फेरि नआउन सक्छ । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर भएको उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]