भृकुटीमण्डपकाे जुत्ताचप्पल मेला २ लाखले गरे अबलाेकन, ५०% छुटले तान्याे सर्वसाधारणलाई
राजधानीकाे भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल व्यापार मेलामा २ लाख जनाले भ्रमण गरेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएकाे बजारलाइ चलायनमान बनाउन आयाेजना गरेकाे जुत्ताचप्पलकाे बृहत मेलामा सस्ताेमा फुटवेयर किन्न पाउने भएपछि अवलाेकन गर्न सर्वसाधारण ओइरिएकाे विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्यायले बताए ।
मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतकाे सहभागीता छ ।
एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयाेजक तथा फुटवेयर मेनुफेक्चरर एसाेसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् । मेलामा उपभाेक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने राेयल सुजका अध्यक्ष भिमलाल पाैडेलले जानकारी दिए ।
लामाे समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्राे अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्याय बताउँछन् ।
मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । मेला आगामी फागुन २० गतेसम्म संचालन हुने छ ।