10:27:12 am 12-Dec-2019

भृकुटीमण्डपमा बिहीबारदेखि विन्टर फुटवेयर बिजनेस एक्स्पो, बिएफ डियर हिल, शिखर र रन सुज सहभागी

७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल


<span class="entry-title-primary">भृकुटीमण्डपमा बिहीबारदेखि विन्टर फुटवेयर बिजनेस एक्स्पो, बिएफ डियर हिल, शिखर र रन सुज सहभागी</span> <span class="entry-subtitle">$७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल</span>

काठमाडौं-नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर बिहीबार (कार्तिक २२) देखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु गरेका छन् ।
मेलाको उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताए । बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको हुँदा अर्काे वर्ष ८० प्रतिशत नेपाली जुत्तामो आत्मनिर्भर भएको सुन्न पाउने अपेक्षा उनले गरे । 
मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उनले जानकारी दिए । मेला सीमित अबधिका लागि लगाइने आयोजकको भनाइ छ ।

Ad

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए। मेलामा विवाहका सिजनलाई लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए ।

जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन,’ उहाँले भन्नुभयो । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलकाा जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]