08:41:18 pm 16-Nov-2019

मिठाई पसलमा कृषि राज्यमन्त्री र गुण नियन्त्रण बिभागको अनुगमन


मिठाई पसलमा कृषि राज्यमन्त्री र गुण नियन्त्रण बिभागको अनुगमन

काठमाडौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।
टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा सालीमार हस्पिटालीटी एन्ड फुडसद्वारा संचालित गुवाफमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटीएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका,सरसफाइमा लापर्वाही गरीएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछी कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको बताइन् । उपभोक्तालाई गुणस्तरीय खाना, मिठाई, दुध दही खुवाउने व्यवसायीहरुको कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थ तथा पेयपदार्थमा अनुगमन र नियमन गरिरहेको बताइन् । मन्त्री चौधरीले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिइन् । राज्यमन्त्री चौधरीले एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकहरुलाई निर्देशन दिईन् । विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभगमा उपस्थित हुन पसल संचालक निर्देशन दिइन् । टोलीले परिक्षणका लागि १२ प्रकारका खाद्य पदार्थ नियन्त्रणमा लिएकाे जनाएको छ । विष्लेषण नमुना ल्याब टेष्ट सार्वजनिक भएपछि खाद्य एेनअनुसार नभएको पाईएमा मुद्दा चलाईने विभागले जनाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]