12:31:19 am 17-Sep-2019

गजलः मृत्यु सम्झदा…


गजलः मृत्यु सम्झदा…

-सरू काली
मृत्यु सम्झदासम्म पनि, आहा लाग्न थाल्यो 
अचेल कोहि मरेको सुन्दा,डाहा लाग्न थाल्यो 
 
म मृत्यु को पनि प्रीय , बन्न सकिन प्रीय 
जब मेरो कालको उर्दीमा,लाहा लाग्न थाल्यो 
 
हरियो खाट, सेतो तन्ना, पहेँलो सिरक आहा 
यस्तै यस्तै अचम्मको , चाहा लाग्न थाल्यो 
 
आउँछ अनि फर्कन्छ,  लरखराउँदै घरि घरि 
मलाई आउने काल पनि, जड्याहा लाग्न थाल्यो 
 
वरिपरि मडारिन्छन् यी , चुरोटका धुँवाहरू
जीवन फगत सलाई मै, स्वाहा लाग्न थाल्यो ।
 
(सरू काली समकालीन गजल  सिर्जनामा  सिद्धहस्त  छिन् । उनका कजलका पुस्तकाकार कृतिहरू प्रकाशित छन् । उनी अहिले अमेरिकामा बस्छिन् ।)

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]