12:10:38 pm 12-Dec-2019

हामी लेखनदास (कविता)


हामी लेखनदास (कविता)

सुरेन्द्र/युवापोस्ट – हामी लेख्ने कला जान्दछौ
हरेक किस्साको पछाडीको कहानी जान्दछौ
बग्दै गरेको भावनालाई शब्दमा ढाल्न सक्षम
सबै गजल मुक्तक कविताको प्रवाह जन्दछौ

Ad

ए मित्र,
के थाहा तिमीलाई,
हामी कुन बेला, कुन कुरालाई के बनाइदिन्छौ
पलमा प्रेमीलाई अल्लाह, अल्लाहलाई मान्छे बनाइदिन्छौ
सबै अध्यारो च्याती रोशनी भर्न सक्छौ हामी
कहिले काही त जुनकिरीलाई चन्द्रामा बनाइदिन्छौ

तिमी सोचौला, लेखनदास हामी के नै गर्न सक्छौ
थाह छैन होला, मुर्दामा पनि ज्यान भर्न सक्छौ
याद राख हामी लेखनदास कसैको गुलाम हुदैनौ भनी
बोर्डरमा नहोला, सयौ पटक ज्यान हामी नि दिन सक्छौ

जसरी जसरी तिम्रो अत्याचार बढ्दै जानेछ
हाम्रो जमातमा कलमको हतियार बढ्दै जानेछ
सरकार, प्रहरी र अपराधी धेरै मिल्न लागे अचेल
अब सरकारको बलत्कारको खबर बढ्दै जानेछ

हामी लेखनदास,
मन्दिरको आरती र मस्जिदको अजान एक साथ लेख्छौ
एकै पन्नामा हामी अयोध्या र मक्काको बात लेख्छौ
हामी हिन्दु मुस्लिममा फरक देख्दैनौ; देख्छौ केवल मनुष्य
उर्दुमा गीता अनि संस्कृतमा कुरान अनुवाद लेख्छौ

तिमी सोच्छौ होला यिनिहरु खै के लेखीराछन?
तिम्रै घाउको उपचार तिम्रै निम्ति मलम लेखीराछन
सिर्फ एक देवकोटा मरेका थिए धेरै वर्ष पहिले
हजारौ देवकोटा, मोतिराम आज पनि लेखीराछन

समय आइसक्यो अब समय बद्लिनपर्ने
अब लेखेरै सबैको सोच बद्लिनपर्ने
धेरै झर्छ्न यहा हतियार बोकी सडक तिर
समय भएछ हतियारलाई कलममा बद्लिनपर्ने

Ad

हामी लेखनदास र हामी लेख्ने कला बखुबी जान्दछौ
– सुरेन्द्र ताम्राकार
हाल काठमाडौँ

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]