बजार

फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम रू १० मै पठाउन सकिने

September 21st, 2021 by

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा […]

NCHL-IPS प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने

September 20th, 2021 by

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली NCHL-IPS)को उपयोगिता बृद्धि भईरहेको अवस्थामा प्रणाली मार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरिएको छ । सोही व्यवस्था अनुसार NCHL-IPS प्रणालीमा बिहानको ९ः०० बजे देखि दिनको ३:०० […]

भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट साट्न पाइने

September 19th, 2021 by

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र […]

मेगा बैंककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभुषण

September 19th, 2021 by

मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित हुनुभएको छ । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवा श्री (चुतर्थ) घोषणा गर्नुभएको हो । डेपुटी सिइओ श्रेष्ठ स्थापना कालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । यसअघि पनि उहाँले […]

दशैंमा सांग्रिलाको उपहार, मुद्धतिआकर्षक ब्याजदर

September 19th, 2021 by

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैं जस्ता महानपर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप […]

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

September 17th, 2021 by

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ।बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा […]

सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा विशेष योजना

September 17th, 2021 by

नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।आश्विन १गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ % सम्म उच्चब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग ,मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान […]

ग्लोबलआइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत

September 17th, 2021 by

ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७”ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्षअवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले(ICRANP-IR) LAरेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा […]

मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

September 17th, 2021 by

मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, […]

दशैं, तिहारलक्षित सुपथ मूल्य पसल भोली देखि सञ्चालन हुने

September 16th, 2021 by

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सो क्रमलाई जारी राख्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल भोली शुक्रबार असोज १ गते देखि कात्तिक २४ गतेसम्म सञ्चालन […]