मनोरञ्जन

शिल्पा शेट्टीका पति राज कुन्द्रा जेलबाट बाहिरिए

September 21st, 2021 by

अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा ६४ दिनपछि जेलबाट बाहिर आएका छन्।उनी मुम्बईको आर्थर रोडको जेलमाकरिब २ महिनादेखि बन्द थिए । १९ जुलाईमा उनलाई मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो। उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक

September 8th, 2021 by

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो । अक्षय कुमारकी आमाको स्वास्थ्य निकै लामो समयदेखि ठिक थिएन । ३ सेप्टेम्बरमा अरुणा भाटियालाई मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो , उनी आइसीयूमा थिइन् । उनको स्थिति निकै नाजुक थियो । जसका कारण लण्डनमा सुटिङ […]

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

September 8th, 2021 by

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ। कमेडी च्याम्पियनले फेसबुक पेजमा लेखेको छ, ‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुवैको सुस्वास्थ्यको कामना ।

अभिनेता सुदर्शन थापाको विवाह पक्का

September 6th, 2021 by

आज भाद्र २१ गते अभिनेता सुदर्शन थापा को जन्मदिन रहेको छ र उनले जन्मदिनको अवसरमा नयाँ सुरुवात गरेका छन् । थापाले जन्मदिनको उपलक्ष्यमा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुले असोज २२ गते विवाह गर्ने पक्का भएको छ ।

‘बीग बोस-१३’ का विजेता सिद्धार्थको निधन

September 2nd, 2021 by

भारतीय टेलिभिजनका लोकप्रिय कलाकार सिद्धार्थ शुक्ला ४० वर्षको उमेरमाआज निधन भएको छ । ४० बसन्त पार गरेका शुक्लालाई हृदयाघात भएको र त्यसकै कारण निधन भएको अस्पतालले जनाएको छ।उनले मोडलिङबाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले टेलिचलचित्र ‘बाबुल का अंगना छूटे ना’ बाट अभिनयको दुनियामा कदम राखेका थिए। यसपछि धेरै टेलिचलचित्रमा काम गरेको भए पनि […]

सास फेर्न समस्या र अक्सिजनको स्तर कम भएपछि सायरा बानो तीन दिनदेखि आइसीयूमा

September 1st, 2021 by

बलिउड जगत्का प्रख्यात हस्ती दिलिप कुमारकी पत्नी सायरा बानोलाई सास फर्ने मुश्किल भइरहेको छ । पछिल्लो तीन दिनदेखि उनी हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना छिन् । उनको स्वस्थ्य स्थिती सामान्य बताइएपनि उनको रक्तचाप साधारण नरहेको बताइएको छ ।अक्सिजनको स्तर पनि कम भएका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । ५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा […]

२३ वर्षपछि एउटै पर्दामा देखिदै शिव र गौरी

August 30th, 2021 by

शिव र गौरीले पछिल्लो पटक एकसाथ काम गरेको फिल्म ‘धर्मसंकट’ रिलिज भएको २३ वर्ष भएको छ । ‘धर्मसंकट’ रिलिजको २३ वर्षपछि शिव र गौरीले शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ मा एकसाथ काम गरेका छन् । अहिले चित्लाङ क्षेत्रमा छायांकन भइरहेको फिल्ममा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, […]

६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन

August 29th, 2021 by

साउथका सुपरस्टार नागार्जुन अक्किनेनी आज ६१ वर्षका भएका छन् । २९ अगस्ट १९५९ मा जन्मिएका उनले बलिउड फिल्ममा समेत काम गरेका छन् । नागार्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनले १९६७ मा आएको फिल्म ‘सुदिगुंदालु’ बाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । १९८६ मा आएको फिल्म ‘विक्रम’ बाट साउथ फिल्म […]

‘धाकड’मा १० फरक लुक्समा देखिँदै कंगना

August 29th, 2021 by

बलिउड अभिनेत्री कंगना रानावतको ब्याक–टु–ब्याक एक्सन फिल्म रिलिज हुने भएको छ। आगामी वर्षको पहिलो ६ महिनाभित्र रिलिज हुने ‘धाकड’ र ‘तेजस’मा दर्शकले उनलाई एक्सन गरेको देख्न पाउनेछन् । रिपोर्टका अनुसार धाडकमा उनी १० विभिन्न फरक फरकमा देखा पर्ने छिन् ।

‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

August 27th, 2021 by

कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । यसैक्रममा आज शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज भएको छ । सुदीप बरालको छायांकन हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको निर्देशन, निर्माण र अभिनय रहेको २ घण्टा लामो यो चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरी केही […]