News

क्यानाडाका प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन

September 21st, 2021 by

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गरेका छन्। उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको सीबीसीले जनाएको छ। ५० वर्षिय ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन्। यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए।

दक्षिण एशियाली देशमध्ये धेरैलाई कोभिड खोप लगाउनेमा नेपाल चौथो स्थानमा

September 21st, 2021 by

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको धेरै प्रतिशतलाई खोप लगाउने दक्षिण एशियाली मुलुकमध्ये भुटान पहिलो, माल्दिभ्स दोश्रो, श्रीलङ्का तेस्रो र नेपाल चौथो स्थानमा देखाउँछ। हालसम्म नेपालमा ६२ लाख जनाले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा […]

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

September 21st, 2021 by

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको नेपाली टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए […]

फोनपे डाइरेक्ट मार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम रू १० मै पठाउन सकिने

September 21st, 2021 by

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा […]

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै , केन्द्रीय कमिटी विस्तार हुने

September 21st, 2021 by

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । भोलीसम्म बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीति पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणमा छलफल गरिने छ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ । […]

त्रिदेशीय सम्झौताका कारण उत्पन्न विवादबीच फ्रान्सद्वारा यूकेसँगको रक्षावार्ता रद्द

September 20th, 2021 by

ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीचको एउटा नयाँ सुरक्षा सम्झौतालाई लिएर सिर्जना भएको विवादका माझ फ्रान्सका रक्षामन्त्रीले ब्रिटिश समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन्।अस्ट्रेलियाले पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि प्यारिस क्रुद्ध बनेको छ। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सले उक्त सम्झौताका कारण कुनै चिन्ता व्यक्त नगर्नुपर्ने बताएका छन्। तर फ्रान्सेली […]

रुसको विश्वविद्यालयमा बन्दुकधारीद्धारा गोली चलाउँदा ,आठ जनाको मृत्यु

September 20th, 2021 by

रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन्। घटनामा कैयौँ घाइते भएको विवरणमा जनाइएको छ।यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो।सोमवार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो। कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए । […]

NCHL-IPS प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने

September 20th, 2021 by

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली NCHL-IPS)को उपयोगिता बृद्धि भईरहेको अवस्थामा प्रणाली मार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरिएको छ । सोही व्यवस्था अनुसार NCHL-IPS प्रणालीमा बिहानको ९ः०० बजे देखि दिनको ३:०० […]

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज तीन खेल

September 19th, 2021 by

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।ब्राइटन विरुद्ध लेस्टर सिटी को खेल राति ६:४५ बजे र वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड को खेल राति ६:४५ बजे हुनेछ ।

भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट साट्न पाइने

September 19th, 2021 by

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र […]