खेलकुद

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज तीन खेल

September 19th, 2021 by

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।ब्राइटन विरुद्ध लेस्टर सिटी को खेल राति ६:४५ बजे र वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड को खेल राति ६:४५ बजे हुनेछ ।

ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ

September 14th, 2021 by

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ ।ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । लगातार दोस्रो जितको लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको […]

ओमानविरुद्ध नेपालको खेल आज

September 14th, 2021 by

नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ भन्ने आशा गरिएको छ ।

कुशल भुर्तेल बने प्लेयर अफ द म्याच

September 14th, 2021 by

नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ५ विकेटले पराजित गर्न कुशलले नेपालबाट सर्वाधिक रन बनाएका थिए । कुशल भुर्तेलको यो ओडिआई करिअरको तेस्रो खेल हो । कुशलले यसै साता ओमान भ्रमणमा पपुवा न्युगिनीसँगको पहिलो खेलमा […]

प्रिमियर लिगमा सलाहको १०० गोल

September 13th, 2021 by

लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले प्रिमियर लिगमा १ सय गोल पुरा गरेको खेलमा लिभरपुलले सहज जित हात पारेको छ । यस सँगै इजिप्टका मोहम्मद सलाह प्रिमियर लिगमा एक सय गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन् । उनले लिभरपुलका लागि ९८ र चेल्सीका लागि दुई गोल गरेका छन् ।उनले प्रिमियर लिगको १६३ खेलमा एक सय गोलका […]

बोलिभिया सँग उरुग्वे पराजित

September 6th, 2021 by

दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेले बोलिभियालाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार बिहान भएको खेलमा उरुग्वेले ४–२ को जित हात पारेको हो ।यो जितपछि उरुग्वे ८ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा सात खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल २१ […]

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी कतारतर्फ प्रस्थान

September 6th, 2021 by

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी आज सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल सकिए लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो ।नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले त्यसको लागि […]

फुटबल खेल अवलोकन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा

September 5th, 2021 by

आइतबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल  हेर्न दशरथ रंगशालामा पुगेका छन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १/१ को बराबरी खेलेका थिए ।

हंगेरीविरुद्ध इङ्ल्यान्डको शानदार जित

September 3rd, 2021 by

फिफा विश्वकप २०२२ को युईएफए छनोट खेल अन्तर्गत हंगेरीको राजधानी बुडापेस्टमा बिहीवार राति भएको समूह ‘आई’को खेलमा युरो कप उप-विजेता इङ्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गरेको छ। खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। तर दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता लिन सफल भयो।

विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको सहज जित

September 3rd, 2021 by

विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालको छ । शुक्रबार बिहान भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुयलाई ३/१ गोल अन्तरले पराजित गरेको हो । मैदानमा पूरा समय रहेका लियोनल मेस्सी र ८० मिनेटमा मैदान प्रवेश गरेका युवा स्ट्रार पाउलो ड्यवालले भने कुनै गोल गर्न सकेनन् । जितसँगै अर्जेन्टिनाले […]