12:04:39 pm 12-Dec-2019

आएएमएस कलेजकी प्रिन्सीपलले गरिन् पत्रकारलाई दुर्ब्यवहार (भिडियोसहित)

नेपाल पत्रकार महासंघको आपत्ती


<span class="entry-title-primary">आएएमएस कलेजकी प्रिन्सीपलले गरिन् पत्रकारलाई दुर्ब्यवहार (भिडियोसहित)</span> <span class="entry-subtitle"> $नेपाल पत्रकार महासंघको आपत्ती</span>

काठमाडौंं–समाचार संकलन गर्न आइतवार इन्स्टिच्युट अफ मेनेजमेन्ट इस्टडिज आइएमएस कलेज पुगेका टिभी टूडे टेलिभिजनका पत्रकारमाथि कलेजकी प्रिन्सिपलले दुब्र्यबहार गरेकी छन् । कलेजकी प्रिन्सीपल भावना राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको पावर देखाउँदै पत्रकारहरुमाथि दुब्यवहार गर्नुका साथै प्रहरीलाई बोलाएर नियन्त्रणमा लिन लगाएकी छन् । प्रहरीले समेत ज्यादती गर्ने तिनै राणालाई साथ दिएको छ ।
समाचार संकलनका लागि पुगेका टिभी टुडे सम्बाददाता कान्ता गिरी र क्यामेरा पर्सन दुर्शन खत्रीलाई उनले तथानाम बोल्दै क्यामेरासमेत खोसेकी थिइन् । उनीहरुमाथि कलेजमै प्रिन्सीपल राणाले गरेको गरेको दुरब्यवहार र प्रहरीले गरेको गिरफ्तारप्रति नेपाल पत्रकार महासंघले गम्भिर आपत्ती जनाएको छ ।
पत्रकार महासंघले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारको संवैधानिक र कानुनी अधिकार कुण्ठित गर्ने उक्त घटनाको घोर भत्सर्ना गरेको छ । महासंघले उक्त घटनाको विरोध जनाउदै दोषीमाथि कानुनी कारवाही गर्न र घटना दोहोरिन नदिन सम्वन्धित पक्षसँग माग गरेको महासंघका महासचिव रमेश बिष्टले बताए ।
समाचार संकलनका क्रममा टिभी टूडे टेलिभिजनका सम्वाददाता गिरी र क्यामेरा पर्सन खत्रीमाथि आइएमएस कलेजकी प्रिन्सिपल राणालगायत कलेजका कर्मचारीले दुव्र्यवहार गरी उल्टै प्रहरी वोलाएर जिम्मा लगाएका थिए । उनीहरुलाई अनामनगर प्रहरी बृत्तमा करिव चार घण्टा नियन्त्रणमा राखिएको थियो । उक्त घटनाको महासंघले प्रेश स्वतन्त्रताको गम्भीर उल्लंघन भएको ठहर गरेको छ ।

Ad

प्रधानमन्त्रीको पावर देखाउँदै पत्रकारलाई दुर्ब्यवहार

प्रधानमन्त्रीको पावर देखाउँदै आएएमएस कलेजकी प्रिन्सीपलले गरिन् पत्रकारलाई दुर्ब्यवहार

Posted by Yuba Post on सोमबार, नोभेम्बर 13, 2017

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]