07:40:45 am 17-Nov-2019

१० भन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको निर्णय


१० भन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने बताएका छन् ।

Ad

१० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिनेछ ।’ त्रिविका प्रधाध्यापकलाई पनि बढी विद्यार्थी भएको ठाउँमा खटाइने उपकुलपति खनियाँले बताए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]