12:25:42 pm 15-Oct-2019

चर्चित गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा, भिडियो सहित


चर्चित गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा, भिडियो सहित

काठमाडौँ – चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमै बोलको गीतले अत्याधिक दर्शकहरुको साथ पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् । नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस गीत अहिले सर्बाधिक चर्चामा रहेको छ । नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउँदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउँछन् । लोक शैलीको म्यूजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् । भिडियो हेर्नुहोस

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]