04:44:21 pm 12-Aug-2020

अमेरिकामा तनिषा मुखर्जीले नश्ल भेदको शिकार भइन्


अमेरिकामा तनिषा मुखर्जीले नश्ल भेदको शिकार भइन्

नयाँ दिल्ली – हालसालै तनिषा मुखर्जीले नश्ल भेदको शिकार हुन पर्यो । यो घटना न्यूयोर्क शहरको हो । त्यहाँ तनिषा क्राइ अमेरिकी च्यारिटी गालामा शामेल हुन गएकी थिइन् । यस दौरानमा उनी न्यूयोर्कमा ‘The Jane’ होटलमा बसेकी थिइन् । उनको आरोप छ कि यही होटलमा उनी नश्लीय भेदको शिकार बनेकी हुन् ।
युएस डेली अखवारलाई दिएको इन्टरभ्यूमा तनिषाले यो पूरै मामलाको बारेमा कुरा गरीन् । उनले बताइन्–‘यो सब त्यो समयमा भयो जब म होटलको एक क्लबमा साथीहरूको साथमा पार्टी गरिरहेकी थिएँ । त्यहाँ धेरै मानिसहरू थिए । यही समयमा त्यहाँ भएका एक कर्मचारीले उनलाई देखेर भद्दा टिप्पणी गरे । कर्मचारी भनिरहेका थिए ‘म अंग्रजी बोल्न सक्दिन’ । ती कर्मचारी एकदमै बदमास थिए ।
जब तनीषाले यो कुराको बारेमा होटल मेनेजमेन्टलाई भनिन् तब यसको बारेमा त्यहाँ कसैले कुनै किसिमको वास्ता गरेनन् । उनी अगाडी भन्छिन् । यस्तो समस्या मैले पहिलो पटक भोगेकी हुँ । अमेरिकामा नश्लवादको सामना गर्नु दुखद कुरा हो ।

Ad

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]