04:33:47 pm 12-Aug-2020

दाल भात तरकारीको शीर्षक गीत सार्वजनिक


दाल भात तरकारीको शीर्षक गीत सार्वजनिक

काठमाडौं– वैशाख २० गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दाल भात तरकारी’ को शीर्षक गीत सार्वजनिक भएको छ ।

Ad

आज शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द रहेको उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा राजेशपायल राइ र स्मिता दाहालको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मालाई फिचरिङ गरिएको छ । प्रविण सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा सुदन केसीको निर्देशन छ ।

 

 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]